माघ महिनामा रोजगारीको लागि कुन जिल्लाबाट कति श्रमिक विदेशीए ? (सूचि सहित)

Posted on: 25 Feb, 2021

फागुन १४, काठमाडौँ । स्वदेशमा रोजगारी नपाएपछि कामको खोजीमा विदेशिनुपर्ने नेपाली युवाहरुको लागि बाध्यता बनेको छ । कोरोनाले थला परेको देशको अर्थतन्त्र र त्यसमाथि रोजगारी गुमाएर बस्नुपरेका कारण दैनिक हजारौ युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम जारी छ ।

बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ७४ जिल्लाबाट बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । सो महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ। 

पछिल्लो समय कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा आएसंगै रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको हो । विभिन्न देशहरुले कोरोना संक्रमण रोकथामका लागि लगाएका लकडाउन र प्रतिबन्धहरु खुकुलो बनाउँन थालेका छन् भने कोरोना बिरुद्धको खोप अभियान चलाइरहेका छन् ।

यसले गर्दा अघिल्ला महिनाहरुको तुलनमा भन्दा माघ महिनाम श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको छ । विभागको तथ्यांकअनुसार माघ महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट विदेशिएका छन्। सो महिनामा उक्त जिल्लाका ६ महिलासहित ११ सय ४७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

झापाबाट १६२ महिलासहित ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा रोजगारीको सिलशिलामा विदेशिएका नेपाली श्रमिकको रोजाइमा युएई,साउदी अरब,कतार,ओमान,बहराइन,कुवेत,मलेसिया रहेका छन् । 

सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स गएका छन् । ४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी जम्मा ५ हजार २ सय ८ जना नेपाली युएई गएका छन् । यस्तै साउदी अर्ब ४ हजार ९ सय ७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन्

। त्यसपछि कतारमा ४ हजार ९ सय ६६ जना नेपाली रोज्गारिका लागि माघ महिनामा गएको बैदेशिक रोजगार विभागको तथ्यांक छ । यस्तै ओमानमा ३४४ जना रोजगारीको लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् ।

हेर्नुहोस कुन जिल्लाबाट कतिले लिए श्रम स्वीकृति :



यस बिषयमा तपाइको प्रतिक्रिया...!