साउदी प्रवेशमा नयाँ नियम लागु,२० देशबाट हुने आवागमनमाथि प्रतिबन्ध

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । साउदी अरेबियाले पुन: प्रवेश भिषामा नयाँ नियम लागु गरेको छ । साउदी सरकारले साउदी अरबमा कार्यरत रही पुनः प्रवेश भिषा (Re-entry) मा स्वदेश गएमा आप्रवासी कामदारहरु सो भिषाको अवधि सकिनु अगावै काममा नफर्किएमा कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । 

तर जुन कम्पनीबाट पुन:प्रवेश भिषामा गएको हो सोही कम्पनीमा नयाँ भिषामा आउन अनुमति पाएमा सो अवधि अघिनै आउन पाउने साउदी अरेवियाको अध्यागमन कार्यालय जनाएको छ । यस्तै पछिल्लो केही दिन यता साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले संकमण कम गर्न  स्वास्थ्य सम्बन्धि नयाँ व्यवस्था जारी गरेको छ । 

सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । नयाँ मापदण्ड अनुसार व्यापारिक मलहरुमा जाने सबैले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको tawakkalna apps आफ्नो मोबाइल फोनमा अनिवार्य डाउनलोड गरेको हुनुपर्ने छ । 

यसबाट कोरोना संक्रमण भएका व्यक्तिको आवागमनको समेत ट्रयाकिङ्ग हुने भएको छ । यस्तै साउदी सरकारले हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन माथिको प्रतिबन्ध मे १७. २०२१ सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

यस्तै विभिन्न २० देशबाट हुने आप्रवासीहरुको आगमनलाई समेत अस्थायी रुपमा स्थगित गरिएको छ । भारत, पाकिस्तान, अर्जेण्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, ईण्डोनेशिया, आयरल्याण्ड, ईटली, जापान, सेबनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्वीट्जरल्याण्ड टर्की, युएई, वेलायत र अमेरिका गरी २० देशबाट आप्रवासीहरु. कूटनितिज्ञ. स्वास्थ्यकर्मी र उनिहरुका परिवारहरु अब अर्को व्यवस्था नभएम्म साउदी अरब प्रवेश गर्न नपाउने साउदी सरकारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!