कतारबाट तलब नपाएर फर्किएका १४ जना नेपालीको रकम पठायो दूतावासले (नामावली सहित)

Posted on: 12 Jan, 2021

पुस २८, काठमाडौँ | कतारबाट विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम दूतावासले नेपाल पठाएको छ | १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु र दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरुको तलब पठाएको दोहा स्थित दूतावासले जनाएको छ |

दुतावासका अनुसार उनीहरुले प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार उनन्सत्तरी (नेरु झण्डै ४५ लाख) रकम कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको हो | सो रकम कन्सुलर सेवा विभागबाट जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट नै प्राप्त गर्न सकिन्छ |

रकम पठाइएकाहरुमा अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकि फूलमाया तामाङ तथा भोजपुरका सञ्जय सुतार कार्कीरहेका छन् | त्यस्तै अल बन्दारीमा काम गरेर फर्केका  प्यूठानकि रमला बुढामगर, बाँकेका रियाज अहमद खान, सोहि ठाउँका ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू ,संखुवासभाका रोशन थापा, सल्यानका रेवन्त विके, त्यस्तै सोहि ठाउँका हेमराज रोक्का, खोटाङका राजु तामाङ,तनहुँका  गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुघन यादव, धनुषाकै अशोक कुमार मण्डल तथा रुकुमका नैनवीर विके रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!