व्यवसायी संघले भन्यो 'स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउने कार्य सहज गराउनु'

Posted on: 29 Sep, 2020

असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशबाट स्वदेश फर्कन चाहने श्रमिकहरुलाई फिर्ता ल्याउने कार्य सहज गराउन सरकारसंग अनुरोध गरेको छ । 

 संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै  विदेशमा नियमित हवाई उडान संचालन गरी स्वदेश फर्कन चाहनेलाई सहज तवरले हवाई टिकट उपलब्ध गराएर स्वदेश फिर्ति सहज  बनाउनको लागि सरकारसंग अनुरोध गरेका छन्  ।

वैदेशिक रोजगारीमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कन सजिलै हवाई टिकट उपलब्ध नभएको, हवाई टिकट भाडा महङ्गो भएको, महङ्गो टिकट किन्ने हैसियत कामदार संग नभएको र उडान गर्ने एएरलाइन्सहरुले सरकारले तोकेको भन्दा वढि रकम लिने गरेको कुरा पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा प्रकाशित भएको तथ्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूलाई अवगत भएकै होला विज्ञप्तिमा भनिएको छ 'तसर्थ विदेश स्थित कुटनैतिक नियोग संग कामदारको विवरण लिई हवाई उडान थप गरिे कामदार फर्काउनका लागी तय गरेको भाडाको अध्ययन गरि अहिलेको भन्दा सस्तो भाडा कायम गरि पाउन र बढि भाडा लिने ट्राभल कम्पनी तथा एएरलाइन्स  कम्पनीहरुलाई कारवाहि गरि पाउन माग गरिन्छ ।'

विदेशमा श्रमिकहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम कामदारले हवाई टिकट सहजरुपले नपाउदा ओभर स्टेमा परेको अवस्था रहेको संघले जनाएको छ । त्यस्ता समस्यामा परेका श्रमिकलाई वर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनुपर्ने, साथै कतिपय कामदारहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी विमानस्थलबाटै फर्किएको अवस्था रहेको संघले जनाएको छ । त्यस्तो अवस्थामा नेपाली श्रमिकलाई अझ मानसिक पीडा हुने गरेको संघले ठहर गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!