कुवेतमा एक नेपाली तीन महिनादेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

Posted on: 24 Sep, 2020

अनिल अधिकारी | असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि गत पुषमा कुवेत पुगेका तनहुँका बिक्रम गुरुङ गत असार १५ गतेदेखि सम्पर्कबिहिन बनेका छन् । 

कोरोना महामारीका बीच समस्यामा परेका गुरुङले एक सातामा घर आउने जानकारी आफ्नी श्रीमतीलाई दिएका थिए । गुरुङकि श्रीमतीका अनुसार असार १३ गते श्रीमानसँग फोन मार्फत सम्पर्क भएको थियो । सम्पर्कका क्रममा गुरुङले एक सातामा नेपाल फर्कने कोसिस गरिरहेको जानकारी दिएका थिए । 

वैदेशिक रोजगारीकै क्रममा कतारमा रहेका उनका भाई राजिब गुरुङले सम्पर्कबिहिन भएका दाईसँग असार १५ पछि सम्पर्क नभएको बताएका छन् । उनले आफ्ना दाजु हराएको भन्दै खोजीका लागि पहल गरिदीन कतारमा रहेका अर्का नेपाली ललित खड्कासँग आग्रह गरेका थिए । खड्काकै सहयोगमा उनको थप विवरण समेत साझा सबाल मिडियाले प्राप्त गरेको छ ।

स्वीफ्ट गोरखा म्यानपावर मार्फत गत पुषमा कुवेतको 'Hot Enginering and Construction co मा लेवर पदमा काम गर्ने सम्झौता सहित पुगेका गुरुङको खोजि कार्यको पहलका लागि सम्बन्धित म्यानपावरसँग समेत आग्रह गरिएको छ ।

आफ्ना श्रीमान लामो समयदेखि सम्पर्क बिहिन भएपछि खोजीको लागि गुरुङको श्रीमतीले आग्रह गरेकी छन् । सम्बन्धित देशको नेपाली दुतावास तथा कुवेतमा रहेका संघसंस्थाले सम्पर्क बिहिन बनेका बिक्रम गुरुङको खोजिमा सहयोग गर्ने उनको अपेक्षा छ । गुरुङको अवस्थाबारे जानकारी भएमा ९८१४१६०७००  मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

माथिको तश्वीरमा: कुवेतमा सम्पर्कबिहिन भएका तनहुँका बिक्रम गुरुङ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!