नेपाल र इजरायल वीच श्रम सम्झौता हुने

Posted on: 23 Sep, 2020

असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । सरकारी तवरले केयर गिभर इजरायल जान पाउने गरि श्रम सम्झौता हुन लागेको परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

श्रम सम्झौताका लागि इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यलाई मन्त्रिपरिषद्को बैठकले अख्तियारी प्रदान गरेको ज्ञवालीले जानकारी दिए ।

श्रम सम्झौता पश्च्यात इजरायलका नागरिक सरह नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!