अबदेखि विदेशबाट मोबाइल मार्फत नै रेमिट्यान्स पठाउन पाइने

Posted on: 21 Sep, 2020

असोज ५, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले अबदेखि मोबाइलबाटै रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो ।

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो । जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ ।

सोपछि राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्था अतिरिक्त तोकिएको सर्त र सीमा सहित सम्झौता गरी डिजिटल्ली नेपालमा रकम भित्र्याउन सक्ने राष्ट्र बैंकले जनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र इ सेवा, आइएमइ पे, फोन पे जस्ता मोबाइल वालेटहरुमार्फत् पनि घरैमा बसी बसी रेमिट्यान्स पाउन सकिने छ ।

यससँगै विप्रेषण सम्बन्धी कारोबार गर्ने बैंक तथा वित्तीय संस्थासँग आवद्ध भई विदेशमा रहेका नेपालीले विद्युतिय भुक्तानीका उपकरणहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फत् नेपालमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्ने छन् । यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त केहि शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!