मलेसियाद्वारा २५ मुलुकका नागरिकमाथि यात्रा प्रतिवन्ध (देशको सूचीसहित)

Posted on: 13 Sep, 2020

भदौ २८, काठमाडौं । मलेसियाले विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । प्रवेश रोक लागेका मलेसियाको आप्रवासी कामदार श्रोत मुलुककारुपमा रहेका इण्डानेशिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेश रहेका छन् ।

मलेसियाले एक लाख पचास हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका २५ मुलुकका नागरिकहरुलाई गत हप्तादेखि यात्रा प्रतिवन्ध लगाएको हो । प्रतिवन्धको सूचीमा शनिबारसम्म ५३ हजार १ सय २० जना संक्रमित रहेको नेपालको नाम भने समवेश छैन ।

प्रतिवन्धको सूचीमा एक लाख ५० हजार भन्द बढी संक्रमित रहेका अमेरिका, ब्राजिल, इरान, रुस, बेलायतलगायतका मुलुक रहेका छन् । यात्रा प्रतिवन्ध लगाइएका मुलुकका कामदारसहित कोही पनि मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

मलेसियाले कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरिरहेको छ । मलेसियामा शनिबारसम्म जम्मा ९ हजार ८ सय ६८ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ सय २८ मात्र रहेको छ । संक्रमितमध्ये ९ हजार १ सय ८९ जना निको भइसकेका छन् । गम्भीर संक्रमितको संख्या जम्मा ९ रहेको छ । चीनबाट ठूलो संख्यामा पर्यटक भित्रिने मलेसियामा नेपालमा भन्दा पहिला कोरोना संक्रमित फेला परेको हो । त्यहाँ करिब ५ लाख नेपाली कार्यरत रहेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!