बहराइनबाट १४६ जना नेपाली स्वदेश फर्किए

Posted on: 12 Jul, 2020

योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरस लगायत विभिन्न कारणले बहराइनमा समस्यामा परेका थप १४६  नेपाली स्वदेश फर्किएका छन् । 

बहराइनस्थित नेपाली दूतावासको प्राथामिकतामा परेका उनीहरु नेपाल एयरलाइन्सको पाचौ चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।


दूतावासका अनुसार सो उडानमा १४६ जना नेपालीहरु स्वदेश फर्किएका छन् । यसअघि नेपाल एयरलाइन्सको ४ वटा उडानमार्फत बहराइनबाट ५६९  जना नेपाली र दुई वटा शव पनि स्वदेश पठाईसकिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई विदाई तथा सहजिकरण गर्न नेपाली दूतावासका कर्मचारी लगायत “हाम्रो साथ आमाको काख” अभियानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए भने  “हाम्रो साथ आमाको काख” अभियानले सुरुवाती दिन देखि नै स्वदेश फर्किनेहरुलाई सहयोग गर्दै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!