कतारबाट तीन उडान मार्फत ४ सय ६५ जना नेपाली स्वदेश फर्किए

Posted on: 08 Jul, 2020

योगेन्द्र योगी।असार २४, दोहा। कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज तीन वटा उडान मार्फत ४ सय ६५ जना नेपाली स्वदेश फर्किएका छन् । 

कतारस्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्सको उडानबाट ३ जना महिला र १ सय ४५ पुरुष रहेका छन् भने सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएको २ वटा नेपालीको शव समेत रहेको छ । 


त्यसैगरि दोहाबाट काठमाडौँको लागि उडेको अर्को हिमालय एयरलाइन्सको जहाजमा १ जना महिला र १ सय ५३ पुरुष रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार कतार एयरलाइन्सको उडानमार्फद कतारको फिर्ति केन्द्रमा रहेकाहरू मध्येबाट १ सय ६३ जना नेपाली पनि स्वदेश पठाईएको छ ।  

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत काठमाडौं पठाइएको दूतावासले जनाएको छ । उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!