श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौँ | श्रम स्वीकृति लिएर पनि बैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइने भएको छ । 

मन्त्रिपरिषदको आइतबारको बैठकले कोरोनाको संक्रमणका कारण वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका र वैदेशिक रोजगारीबाट विदामा आएर जान नपाएकालाई राहत दिने निर्णय भएको हो । 

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिहदरबारमा सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएका तर कोभिड-१९ का कारणले जान नपाएका र वैदेशिक रोजगारीबाट फर्किएर जान नपाएकाको जिल्लागत लगत निर्माण गरी स्थानीय तह मार्फत रोजगार सेवा केन्द्रमा दर्ता गराउने र त्यहाँबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परिचालित गर्ने भन्ने निर्णय भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!