बहराइनमा रहेका ३ नेपालीमा कोरोना सङक्रमण

Posted on: 22 Mar, 2020

चैत ९, काठमाण्डौ । बहराइनमा रहेका तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका ६ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनस्थित नेपाली दुतावासले जनाएको छ ।

अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको दुतावासले जनाएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ  ।

सुरक्षा सतर्कता अपनाउने र बहराइन सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सहर उपचार व्यवस्था गरेकाले नडराउन र नआत्तिन पनि दुतावासले आग्रह गरेको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!