म्यानपावर व्यवसायीलाई संघले भन्यो 'रोजगारदाताको सम्पर्कमा रही श्रमिकको अवस्थालाई ध्यान दिनुस्

Posted on: 20 Mar, 2020

चैत्र ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अबस्थाको बारेमा जानकारी लिन रोजगारदाता कम्पनीको सम्पर्कमा रहन व्यवासायीहरुमा अनुरोध गरेको छ । 

संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको अवस्थालाई ध्यान दिन अनुरोध गरेका छन्  ।

'हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको बिषयमा ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले रोजगारदाता कम्पनीको सम्पर्कमा रही वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अवस्थाको बारेमा जानकारी लिई सम्बन्धित देशले हाल कोभिड १९ को माहामारीका कारण लागु गरेको नियम, कानुन पालना गर्न लगाई वैदेशिक रोजगारीमा कार्यरत श्रमिकहरुमा उत्पन्न हुन सक्ने विभिन्न समस्याहरुलाई समन्वयात्मक तवरबाट प्रभावकारी रुपमा सम्बोधन गर्न/गराउन उत्पन्न बिपद्का बारेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा तुरुन्त जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ' विज्ञप्तिमा भनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!