मलेसियामा ‘लकडाउन’को समयको तलव काट्न नपाइने

Posted on: 20 Mar, 2020

चैत्र ७, काठमाडौं । मलेसियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको १४ दिने लकडाउनको समयावधिमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् । उनले मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताएका हुन् ।

मलेसियाको अनलाइन मलेसियाकिनीका अनुसार मन्त्री सरभाननाले आवतजावतलाई नियन्त्रण गर्नेगरी लगाइएको ‘लकडाउन’को समयावधिको पनि तलव तथा सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्ने बताएका हुन् । यसैगरी ‘लकडाउन’को समयमा कुनै पनि श्रमिकलाई रोजगारदाताले बार्षिक छुट्टी वापतको विदा लिन बाध्य पार्न पाउने छैनन् । बेतलवी विदा लिन पनि श्रमिकलाई बाध्य पार्न पाइने छैन ।

आप्रवासी श्रमिकको अधिकार रक्षामा निक्कै कमजोर मानिने मुलुक मलेसियामा आप्रवासी श्रमिकले यी सवै सुविधाहरु पाउन भनें सहज छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!