दुबई पठाई दिन्छु भन्दै साढे १० लाख ठगि गर्ने पक्राउ

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौं | बैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै १० लाख ठगीगरेको  आरोपमा एक जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन्  |

सोमबार पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो | आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरीका आधारमा पक्राउ गरेको महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार,उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइए छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!