ओमानमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बाट बच्न ओमानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | मंगलबार देखि लागुहुने गरि ओमान सरकारले कोरोनाभाइरसबाट बच्न आवश्यक पूर्वतयारी अनुरुप गैर-ओमानीहरुलाई ओमान प्रवेशमा रोक लगाउने निर्णय गरेको छ |

सोमबार मस्कट स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमान सरकारले गरेका निर्णयबारे नेपालीहरुलाई जानकारी दिंदै उक्त निर्णय पालना गर्न अनुरोध गरेको हो | ओमान प्रवेश गर्ने नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ |

त्यस्तै ओमान सरकारले शुक्रबारको प्राथना बन्द गर्ने निर्णय गरेको छ भने,सार्वजनिक पार्क तथा बगैचाहरु बन्द गरेको छ | सामाजिक जमघट तथा पार्टीमा समेत प्रतिबन्ध लगाएको छ | तर यो समयमा दुतावासले प्रदानगर्ने कन्सुलर तथा अन्य अत्यवश्यक सेवा लिनुपर्ने भएमा पूर्वसम्पर्क गरि आउँन दूतावासले अनुरोध गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!