युएईमा कोरोना संक्रमण देखिएका २ नेपालीको अवस्था के छ ?

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको त्रास जताततै बढेको छ | आर्थिक क्षेत्रमा होस् वा राजनीतिक,सामाजिक तथा रोजगारीको क्षेत्रमा पनि कोरोनाको कहर चलिनै रहेको छ |

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा पनि व्यापक रुपमा रहेको छ | रोजगारीको लागि युएई गएका दुई नेपालीमा समेत केहि समय अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो | उक्त भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ |

उनीहरुको अवस्था सामान्य भएपनि स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको अधिकारीले बताएका छन् | दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको बताएकी हुन् |

कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको दूतावासले जनाएको छ | कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भएपनि यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन हाल सम्म अनुमति दिएको छैन | 

संक्रमित व्यक्तिहरुको परिचय भने खुलाइएको छैन | हाल सम्म युएइमा ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!