रोजगारीको लागि ३ लाख नेपाली विदेशीए, यी हुन् धेरै कामदार पठाउने म्यानपावरहरु (सूचीसहित)

Posted on: 18 Feb, 2020

मनोज पराजुली । फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या ३ लाख कटेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६८७ नेपाली रोजगारीका लागि विदेशिएका हुन् ।

माघ महिनामा मात्रै ४८ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएका वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । 

माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २५ हजार १७१ जना विदेश गएका छन् । व्यक्तिगत रिईन्ट्री  मार्फत २५ हजार २५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १२ सय ३४ जना विदेश गएका छन् ।

साउदीमा सबैभन्दा धेरै कामदार  

वैदेशिक रोजगार विभागको माघ महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै ११ हजार ११० कामदार साउदी गएका छन् । साउदी पछि युएई १० हजार ८९, कतार १० हजार ७६४, 

२ हजार २९८ जना कुवेत गएका छन् ।

पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको थियो, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको थियो । माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । 

दि रिभर ओभरसिज एक नम्बरमा 

माघ महिनामा पनि दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले माघ महिनामा ५ सय २० जनालाइ विदेश पठाएको छ भने पुस महिनामा पनि ५ सय ९३ जना विदेश पठाएर रिभर पहिलो स्थानमा रहेको थियो । 

एसओएस म्यानपावर सर्भिसले ३ सय ६८ जना विदेश पठाएर सूचीको दोश्रो नम्बरमा परेको छ। प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ३ सय ३० जना पठाएर तेश्रो नम्बरमा परेको छ । चौंथोमा साउण्डलाइन्स रिक्रुईटमेन्ट ३०८, पाचौंमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले २८१ जना विदेश पठाएको छ ।

पुस महिनामा दोश्रो नम्बरमा प्याराडाइज इन्टरनेशनल, तेश्रोमा कोशी ईन्टरनेशनल सर्भिस परेका थिए । विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये माघ महिनामा ७ सय ५४ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा ७ सय ६८ म्यानपावरले श्रम स्वीकृति निकालेका थिए । 

माघ महिनामा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ५९ रहेको छ । त्यस्तै एक जना मात्रै कामदार पठाउनेमा ४३ म्यानपावर कम्पनी रहेका छन् । माघ महिनामा १ सय म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएका छैनन् । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २७ हजार ४ सय १७ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १६ हजार ७१९, अर्धसिप भएका ४ हजार ४९१, व्यवसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका ५ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 

माघ महिनामा धेरै कामदार पठाउने म्यानपावरहरु 



यस बिषयमा तपाइको प्रतिक्रिया...!