कुवेतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्पर्कमा आउन दूतावासको अपिल

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौं । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका ६ जना नेपाली मध्ये चारजनाको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ।गत फेब्रुअरी १२ तारिक चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर ६ जना नेपालीले ज्यान गुमाएका थिए ।

६ जना कामदारहरु मध्ये ४ जनाको परिवारहरु अझै नेपाली राजदुतावासको सम्पर्कमा नआएको दुतावासले जानकारी दिएको छ ।परिवार दुतावासको सम्पर्कमा नआउँदा मृतकहरुको शव पठाउने लगाएत अन्य कानुनी प्रकृया अगाडी बढाउन नसकिएकोले भन्दै दुतावासले मृतकहरुको परिवार तथा आफन्तहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

कुवेतको मुत्ला दुर्घटनामा ज्यान गुमाउनेहरुको बिबरण निम्न अनुसार रहेको छ:

१. एक बहादुर गाहा , बर्ष, ३०, राहदानी नं ०८३४६२७६, धैरेनी – १, चिडीपानी, पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, अनिता गाहा, मृतकको नाता(श्रीमति)

२. गंगा राम चौधरी, बर्ष, ४०, राहदानी नं- ०६९४९९६८, दोधाना- ७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, पन्नाई चौधरी, मृतकको नाता(बुबा)

३. राजु रोका मगर, बर्ष – २४, राहदानी नं – १०६२४०८६, उवा – ४,थवाङ, रोल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, मन कुमारी रोका मगर, मृतकको नाता(श्रीमति)

४. पूर्ण बहादुर सुनारी मगर, बर्ष, २६, राहदानी नं- ०६४४४००८, बंजारिया- ९, धरमपुर, नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, थमन सिंह सुनारी मगर, मृतकसंगको नाता(बुबा)

माथी उल्लेखित मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ।

नेपाली राजदुताबास कुवेत ००९६५ २५३२१६०३, ६०५ वा हटलाईन ००९६५ ९८८६९१२१

मृतकहरु वसन्त गुरुङ र श्याम नारायण चौधरीको पारिवार नेपाली दुताबास कुवेतको सम्पर्कमा आई सकेको दुतावासले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मण्डल उपचार पछि क्याम्पमा फर्की सकेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!