युएईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

Posted on: 28 Jan, 2020

माघ १४, दार्चुला | युएईमा लरीको ठक्करबाट दार्चुलाका रमेश कामीको मृत्यु भएको छ | युएइको आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको हो |

प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको थियो | शनिबार भएको उक्त घटनामा रमेश सरसफाइ सम्बन्धी कम्पनीमा कार्यरत थिए | 

उनको शव नेपाल ल्याउन र  कम्पनीबाट पाउने सेवासुविधालगायतका बारे कुरा गर्न जनसम्पर्क अधिकृत खटाएको दूतावासले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!