दुबईमा भवन निर्माण गर्ने क्रममा लडेर एक नेपाली युवकको मृत्यु

Posted on: 27 Jan, 2020

माघ १२, दाङ | दुबईमा भवन निर्माण गर्ने क्रममा लडेर एक नेपाली युवकको मृत्यु भएको छ | मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय  सोमराज वली रहेका छन् | 

स्थानीय प्रेम केसीका अनुसार दुबईमा भवन निर्माणका क्रममा  उनको लडेर मृत्यु भएको हो | भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ |

 माघ १२ गते मृत्यु भएका उनी करिब २ वर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा दुबई गएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!