३७ संस्थाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको मेडिकल गर्न नपाउने (लिस्ट सहित)

Posted on: 09 Dec, 2019

मङ्सिर २४, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत कानुन तथा फैसला कार्यान्वयन शाखाले बिभिन्न ३७ वटा मेडिकल संस्थाहरुलाई कारवाही गरेको छ | 

बैदेशिक रोजगार बिभागको प्रशासन, योजना तथा संस्था दर्ता शाखालाई मन्त्रालयले पठाएको पत्र अनुसार ३७ मेडिकलको युजरनेम र पासवर्ड रोक्का गर्न निर्देशन आएको छ | उक्त परिपत्र अनुसार ३७ मेडिकलले बैदेशिक रोजगारमा जाने कामदारको मेडिकल गर्न सुचिकृत भएका तर बैदेशिक रोजगार नियमावली (पाँचौं संसोधन), २०६४ को नियम  ४५ क. को उपनियम (७) बमोजिम नपुग धरौटी बापतको रकम जम्मा नगरेको कारण रोक्का गर्न निर्देशन दिएको हो | कारवाहीमा परेका मेडिकल संस्थाहरुले मन्त्री स्तरीय अर्को आदेश नभएसम्म बैदेशिक रोजगारीको लागि मेडिकल गर्न नपाउने भएका छन् | 

कारवाहीमा परेका बिभिन्न ३७ मेडिकल संस्थाहरु यस प्रकार रहेका छन् (परिपत्र सहित) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!