सरकारी जागिरको अवसर : गृह मन्त्रालयले माग्यो ६ सय कर्मचारी (विज्ञापनसहित)

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्ञिजकरण विभागले कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै विभागले बिभिन्न ६ जिल्लामा गरी ६०० कर्मचारी माग गरेको हो ।

विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि भन्दै सो संख्यामा कर्मचारी माग गरेको हो । सो कार्यका लागि विवरण दर्ता अपरेटरको माग गरिएको सूचनामा उल्लेख छ । विभागले झापामा १६४, ललितपुरमा ११७, कञ्चनपुरमा ९१, संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जना कर्मचारीको माग गरेको छ । कर्मचारीहरु करारमा भर्ना गरिने सूचनामा उल्लेख छ ।

दरखास्त दिन चाहने इच्छुक उम्मेदवारले सम्बन्धित जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ। दरखास्त दिने अन्तिम दिन १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने लगायतका योग्यता तोकिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!