रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

Posted on: 08 Dec, 2019

मनोज पराजुली। मङ्सिर २२, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौं  सिनामङ्गलस्थित रसुवा ओभरसिजमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा रङ्गेहात फेलापारी नगद रकम वरामद गरिएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए ।


 वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार सो म्यानपावरमा छापा मारेको भुसालले बताए । दुवईको टमाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजार माग गरिरहेको भनी सुरेन्द राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । सोहि उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको भुसालले बताए ।

विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट रु ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको हो । अन्य तीन जनासँग यस भन्दा अघि नै जितवहादुर वमजनले नगदै रु पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।

पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराईएको छ, महानिर्देशक भुसालले भने 'पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ, थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको छ।' युएईका लागि टिकट र  भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ तर अझैपनि युवाहरुले लाखौँ रकम तिर्नुपर्ने अवस्था कायमै छ भने विभागले भने उजुरी दिएमा कसुर गर्नेलाई कारवाही गरि पीडितलाई न्याय दिंदै आएको छ । 

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

यस बिषयमा तपाइको प्रतिक्रिया...!