मंसिर १७, काठमाडौं । बैदेशिक रोजगारीका लागि मलेसियाका गएका ६ नेपालीको मृत्यु भएको छ। शुक्रबार, शनिबार र आइतबार ६ नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
टपग्लोब १८ नम्बर फाक्टरि बान्तिङमा कार्यरत सुनसरीका सुन्दर श्रेष्ठ, स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिसमा कार्यरत सल्यानका प्रदिप बस्नेत, मुवाजा सेक्युरिटी फोर्सका पेटालिङ्गजाया वान उतामामा कार्यरत खोटाङका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिसका जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, दैलेख भगवतीमाई गाउँपालिका गोपाल रोकाया र केलाङको एक कम्पनीमा कार्यरत अर्का नेपाली मृत्यु भएको दूतावासले जनाएको छ ।
तीन दिनमा ६ नेपालीको आकस्मिक मृत्यु भएको जनाइएपनि मृत्युका कारण भने दूतावासले खुलाएको छैन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!