मंसिर ४,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गठन भएको नयाँ मन्त्रीमण्डलमा केही मन्त्रीलाई हटाइएको छ भने केहीलाई नयाँ नियुक्त गरिएको छ ।
पुनर्गठित नयाँ मन्त्रीमण्डलबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई हटाइएको छ । उनको ठाउँमा रामेश्वर राय यादव नियुक्त भएका छन् ।
श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा रहेर काम गरेका थिए । श्रम मन्त्रालयमा रहंदा नीतिगत तथा व्यवस्थापकीय सुधार गरेका उनलाई अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका हुन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!