विदेशबाटै पुन:श्रम स्वीकृति: के गर्दैछ श्रम मन्त्रालय ? किन हुँदैछ ढिलाई ?

Posted on: 23 Oct, 2019

मनोज पराजुली ,कार्त्तिक ६, काठमाडौं । बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालयगत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ ।

सरकारले पुन: श्रम स्वीकृति कै लागि नेपाल आउनुपर्ने बाध्यता हटाउनको लागि बैदेशिक रोजगार नियमावलीको पाँचौं संसोधन गर्दै विदेश बाट नै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । विदेशस्थित राजदुतावास र कुटनैतिक नियोगहरु मार्फत नै श्रमिकले रि-इन्ट्रीको ब्यबस्था गर्न सक्नेगरि नियमावली संसोधन गरिएपनि आवश्यक तयारी पुरा हुन सकेको छैन । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मी श्रम मन्त्रालयले गर्नुपर्ने आवश्यक व्यवस्था गरिसकेको बताउँछन् । श्रम मन्त्रालयले अफ्ठ्यारा फुकाउने हो, नियमावली संसोधन भईसक्यो उनले भने'अरु प्रक्रियागत कुराहरुमा नियोगहरुबाट पत्र आएमा हेर्छौं ।'

श्रम मन्त्रालयसंग सहकार्य गर्दै श्रम स्वीकृति दिने कार्यका लागि सहजीकरण गर्न सबै राजदुतावास र कुटनैतिक नियोगहरुलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले बताए । अनलाइन र भुक्तानीको विषयमा कुरा मिलिनसकेको बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन् । दुतावासहरुमा सिस्टम कुरा पुगिनसकेको तथा कर्मचारीको व्यवस्था गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्रालयसंग कुरा भैरहेको उनले बताए । अनलाइन सिस्टमका विचमा लिंक गर्ने काम भैरहेको उनको भनाई छ ।

एक कामदारले कम्तिमा दुई पटक सम्म विदेशमा नै श्रम स्वीकृति (रि-इन्ट्री) गर्न सक्ने व्यवस्था गरेको छ । आफ्नो भिसा अबधि थपेर विदेसमा थप अवधिसम्म काम गर्नेहरुलाई  सहज हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!