शिवाकोटी म्यानपावरमा विभागको छापा,१ लाख १० हजार लिंदालिंदै समातिए एजेन्ट

Posted on: 09 Aug, 2019

साउन २४, काठमाडौं । बैदेशिक रोजगार विभागले सामखुशीको शिवाकोटी म्यानपावर सर्भिसमा छापा मारेको छ । म्यानपावरले दुबई पठाउन कामदारसँग १ लाख १० हजार पैसा मागेको सूचना पाए लगत्तै विभाग टोलीद्वारा म्यानपावरमा छापा हानिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । 


विभाग टोलीले २ जना कामदारसँग १ लाख १० हजारका दरले रकम लिंदै गर्दा समातेको हो । म्यानपावरका एजेन्ट रकम बुझ्दा बुझ्दै गर्दा गोंगबु बिजी मल अगाडी रङेहात समातेको हो । उनीहरु आज दुबई जाँदै छन् । म्यानपावरले कामदारलाई कुनै पनि प्रकारले दु:ख दिन नपाइने, तोकिएको तलब र काम पाउने गरि कागज गराइको छ । फ्री भिसा फ्री टिकटमा अरु ७ जनासंग पनि १ लाख १० हजार रकम लिएको खुलेको जनाइएको छ। तर म्यानपावर संचालक भीष्म प्रसाद  शिवाकोटीले खारेज गरेको एजेन्ट राजेन्द्र पौडेलले पैसा लिंदै गर्दा विभागले समातेको पुष्टि गरे ।   

विभागले यस घटना बारे थप जानकारी केहि बेरमा उपलब्ध गराउने डा. भुसालले बताए ।  विभागले पछिल्लो केहि दिनयता तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीविरुद्ध अनुगमनलाई तीव्रता दिंदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!