मलेसियाको मागपत्र प्रमाणीकरणको व्यवस्था मिलाइदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता

Posted on: 02 Aug, 2019

साउन १७, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको लागि मागपत्र प्रमाणीकरणको व्यवस्था मिलाइदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेको छ । रोजगारदाता कम्पनीका प्रतिनिधि कागजात प्रमाणीकरण गर्न मलेसियास्थित नेपाली राजदुतावासमा जाँदा दुतावासका कर्मचारीले कागजात प्रमाणीकरण नगरी फर्काइ रहेको भन्दै परराष्ट्र मन्त्रालयबाट निर्देशन दिनको लागि संघले माग गरेको छ। 

दुतावासले मागपत्र प्रमाणीकरण नगर्दा अति आकर्षक काम र तलबमा नेपाली श्रमिकको रोजगारीको अवसर गुम्दै गएको संघले ठहर गरेको छ । नेपाल र मलेसिया विच गत कार्त्तिकमा श्रम समझदारी भए पनि हालसम्म पनि नेपाली कामदार मलेसिया जान सकेका छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!