पछिल्लो १ बर्ष: रोजगारीको लागि कुन देश कति गए ? जापान ८ औं र अमेरिका २० औं स्थानमा

Posted on: 18 Jul, 2019

साउन २, काठमाडौँ | बैदेशिक रोजगार बिभागले हरेक आर्थिक बर्ष र हरेक महिना बैदेशिक रोजगारीको लागि अन्तिम श्रमस्वीकृति लिएर जानेहरुको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । यसैबीच पछिल्लो आर्थिक बर्ष २०७५/७६ को तथ्यांक पनि सार्वजनिक भईसकेको छ । 

पछिल्लो बर्ष (आर्थिक बर्ष २०७५/७६) को तथ्यांक अनुसार पछिल्लो बर्षको आधारमा नेपालीको श्रम गन्तव्यलाई तल क्रमश देखाईएको छ । बैदेशिक रोजगार बिभागबाट म्यानपावर कम्पनी, व्यक्तिगत तथा विदेशबाट आएर पुन: श्रम स्वीकृति लिएर विदेश जानको लागि अन्तिम स्वीकृति लिएको आधारमा तलको सूची तयार पारिएको छ । 

१. कतार - १,६१,२१५ जना (म्यानपावर मार्फत: ६८,९५५ जना)

२. युएई - १,१९,८५५ जना (म्यानपावर मार्फत: ५४,५०५ जना)

३. साउदी - १,१७ ,९०४ जना (म्यानपावर मार्फत: ४५,३८६ जना)

४. मलेसिया - ४२,१४६ जना (म्यानपावर मार्फत: ९,१२१ जना)

५. कुवेत - २५,९९६ जना (म्यानपावर मार्फत: १५,०५९ जना)

६. बहराइन - ८,६७४ जना (म्यानपावर मार्फत: ४,१८३ जना)

७. ओमान - ५,४३७ जना (म्यानपावर मार्फत: २,१२९ जना)

८. जापान - ४,२६४ जना (म्यानपावर मार्फत: १५० जना)

९. माल्दिभ्स - २,८०४ जना (म्यानपावर मार्फत: ४३ जना)

१०. साइप्रस - २,३४० जना (म्यानपावर मार्फत: १,७०७ जना)

११. मकाउ - १,९०० जना (म्यानपावर मार्फत: ३४२ जना)

१२. अफगानिस्तान - १,८३० जना (म्यानपावर मार्फत: ३५७ जना)

१३. माल्टा - १,६५० जना (म्यानपावर मार्फत: १,४५० जना)

१४. टर्की - १,६३२ जना (म्यानपावर मार्फत: १,३७१ जना)

१५. रोमानिया - १,२३९ जना (म्यानपावर मार्फत: ९९२ जना)

१६. जापान - ४,२६४ जना (म्यानपावर मार्फत: १५० जना)

१७. सेसेल्स - ६७९ जना (म्यानपावर मार्फत: छैन)

१८. इजरायल - ५८२ जना (म्यानपावर मार्फत: ६ जना)

१९. ब्रुनाई - ५५६ जना (म्यानपावर मार्फत: ३ जना)

२०.  अमेरिका - ३७१ जना (म्यानपावर मार्फत: छैन)

यी मुख्य २० देशमा जानको लागि मात्र पछिल्लो आर्थिक बर्ष ५ लाख २ हजार ८२३ नेपालीले अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । माथिको तथ्यांकलाई अझ स्पष्ट रुपमा हेर्न तलको तथ्यांक तश्वीर हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!