ईपिएस कामदारको बीमा नभएमा पचास लाख वोन जरिवाना हुने

Posted on: 21 Apr, 2019

अर्जुन बराल, बैशाख ८, दक्षिण कोरिया। दक्षिण कोरियामा  आप्रबासी कामदार र रोजगारदाताका लागि लक्षित बर्तमान बीमा कानुनलाई केही परिमार्जीत गर्दै बीमा पोलिसीको ढाँचालाई परिबर्तन गरिने भएको छ । बीमा बजारको क्षेत्रमा गरिएको ब्यापक फेरबदलको एकदशक नपुग्दै बीमा बजारको आकार बढेर दुई गुणा पुगेको हुँदा कोरियाले बीमा पोलिसी परिवर्तन गर्न लागेको हो  ।

सामसङ् फायर एण्ड मरिन ईन्स्युरेन्स कम्पनिको रिर्पोट अनुसार २५ मार्च २०११ सम्म २२५.७० बिलियन वोन सम्ममा रहेको बीमाको बजार सन् २०१८ सम्ममा आईपुग्दा ३९६.४६ बिलियन वोनमा बिस्तार भएको छ । आप्रबासी कामदारका चार प्रकारका बीमा लगाएत स्वदेश प्रस्थान गर्ने ग्यारेन्टी बीमा र ग्यारेन्टी बीमा अर्थात काम गर्ने अबधिमा आप्रबासी श्रमिकहरुको गैर–ब्यापारिक जोखिमलाई ग्यारेन्टी गर्ने बीमा समेत समाहित छन् । साथै आप्रबासी कामदारको रोजगारको सम्बन्धमा बर्तमान नियम अन्तर्गत सबै रोजगारदाता र कामदार जो सँग (H-2,E-9) भिषा छ उनीहरुले अनिबार्य रुपमा बीमा गराउँनु पर्दछ यदि नियमलाई अबज्ञा गरेमा ५ मिलियन कोरियन वोन सम्म जरिवाना गरिेने  जनाईएको छ ।

दक्षिण कोरियामा आपंबासी कामदारको संङख्यामा बृद्धि सँगै सरकारले आप्रबासी कामदारका नीतिलाई परिमार्जित सहित लागु गदै लैजाने  नीति लिएको छ  ।त्यस्तै आप्रबासी कामदारको बीमा पोलिसीधारको संङख्या र बीमित राशिमा बृद्धि गर्ने नीति लिएको छ । 

गतबर्षको अन्र्तसम्ममा कुल २ लाख ४० हजार ९०७ जना मध्ये सबैभन्दा बढी प्रस्थान ग्यारेन्टी बीमा ,ग्यारेन्टी बीमा,ब्यक्तिगत चोटपटक भुत्तानी बीमा तथा फिर्ती लागत बीमा लिने बिचको अधिक संङख्या थियो । बर्तमान समयमा प्रबासी कामदार बीमा पोलिसीधारको संङख्या पछिल्लो बर्षको अन्तिम सम्ममा २ लाख ४३ हजार ७२३ थियो भने सन् २०११ तुलनामा १ लाख ले बढि हुनुको साथै आप्रबासी कामदारका लागि प्रस्थान बीमा शुल्क ३६४ बिलियन वोन भुक्तानी भएको जनाईएको छ ।  

बीमा पोलिसिबारे मानव संसाधन बिभाग र श्रम तथा रोजगार मन्त्रालय बीच प्रत्येक दुई बर्षमा एकपटक एक कार्यक्रमको आयोजना गरि समिक्षा गरिने समेत केहि कोरियन समाचारपत्रले जनाएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!