वैदेशिक रोजगारमा जानेको मेडिकल परिक्षण गर्न १२६ संस्थाको इच्छा, मलेसिया प्रदेशबाटै

Posted on: 11 Apr, 2019

चैत २८, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सेवामा सिन्डिकेट तोड्दै थप १२६ नयाँ स्वास्थ्य संस्थाले सूचीकरणका लागि इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुराना संस्थाको नयाँको दर्ता आह्वान गरेको थियो ।

पछिल्लो ६ बर्षदेखि बैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्न नयाँ संस्थाको लागि रोक्का राखिएको थियो । जसको कारण सिमित स्वास्थ्य संस्थाले मनपरी मेडिकल शुल्क अशुल्ने गरेका थिए  ।  सरकारले नयाँ दर्ता खोलेपछी १२६ नयाँ स्वास्थ्य संस्थाले आफूलाई पनि जोड्न इच्छा जाहेर गर्दै निवेदन दिएका छन् । जसको लागि मेडिकल सेन्टरदेखि मेडिकल कलेजसमेतले इच्छा देखाएका छन् । जसमा मुख्यत: चितवनको चितवन मेडिकल कलेज, झापाको बीएन्डसी मेडिकल कलेज, काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेज लगायत छन् । त्यस्तै भेनस अस्पताल, अल्का हस्पताल, अन्नपूर्ण न्युरो अस्पताल, ब्लु क्रस हस्पिटल लगायतले पनि इच्छा प्रकट गरेका छन् । 

नयाँ दर्ता पछि ३०० भन्दा बढी स्वास्थ्य संस्थाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षण गर्न पाउने सम्भावना छ  । 

मलेसियाको स्वास्थ्य परिक्षणको सिन्डिकेट समेत तोडिदै 

सरकारले नयाँ दर्ताको लागि आवेदन दिन खुला गरेसँगै मलेसियाको लागि पनि सय भन्दा बढीले इच्छा देखाएका छन्  । यस अघि मलेसिया जाने नेपालीहरुको स्वास्थ्य परिक्षणको लागि २२६ मध्ये ३७ स्वास्थ्य संस्थाले मात्र मलेसियाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए । सिन्डिकेटका कारण मनपरी पैसा अशुली भएको थियो तर अब भने ति स्वास्थ्य संस्थाले सिन्डिकेटको फाइदा लिन पाउने छैनन् । 

स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादिएको गुनासो आएपछि नेपाल सरकारको आग्रहमा मलेसिया सरकारले यस अघिका सिन्डिकेटधारी संस्थाहरुको अनुमति खारेज गरिदिएको छ । अब मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार मात्र सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नु पर्नेछ । 

सरकारले सातै प्रदेशबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने योजना समेत बनाएको छ । मेडिकलको लागि इच्छुकहरुको छनोट मलेसिया र नेपालका विज्ञहरुको टिमले मापदण्ड बनाई गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!