वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म भुषाल नियुक्त

Posted on: 10 Apr, 2019

चैत्र २७,काठमाडौं । बैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव डा. भिष्म भुषाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव भुषाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । 

यसअघिका महानिर्देशक दिलिपकुमार चापागाई बैशाख १५ गते अवकास हुने भएपछि विदामा बसेका कारण भुषाल महानिर्देशक नियुक्त भएका हुन् ।  तत्कालीन महानिर्देशक भुवनप्रसाद आचार्य व्यवसायीक तथा सीप विकास तालिम केन्द्रमा सरुवा भएपछि रिक्त रहेको महानिर्देशकमा चापागाई गत साउन ३ गते महानिर्देशक नियुक्त भएका थिए । 

नवनियुक्त महानिर्देशक भुसाल भुकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृत रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!