बिदेसमा ज्यान गुमाएकी सृजनाको परिवारलाई रोजगारदाता कम्पनीद्वारा ७ लाख हस्तान्तरण

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं। बैदेशिक रोजगारीमा ज्यान गुमाएकी चितवनकी सृजना तामाङ पाख्रिनको परिवारलालाई रोजगारदाता कम्पनीले नेपाल आएर राहत रकम प्रदान गरेको छ । युएईको नेस्टो हाईपर मार्केट कम्पनीले सडक दुर्घटनामा ज्यान गुमाएकी कालिका नगरपालिका ४ चितवनकी सृजनाको बुवा आमालाई ७ लाख १० हजार ३ सय ७० रुपैंयाको चेक कम्पनीका प्रतिनिधिले हस्तान्तरण गरेका हुन् । 


सृजनाको गत जनवरी १ तारिकका दिन सडकमा बाटो काट्ने क्रममा दुर्घटनामा परि निधन भएको थियो। ऊनी क्यासिएर कामको लागि गोंगबुमा रहेको नौकिरी  नेपाल रिक्रुटमेन्ट सर्भिस मार्फत ६ महिना अघिमात्र दुवई गएकी थिइन् । सोहि कम्पनीले आफ्ना कर्मचारीका पीडित परिवारलाई  यसअघी पनि आर्थिक सहयोग प्रदान गर्दै आएको  म्यानपावर संचालक नरेन्द्र प्रसाद ढकालले जानकारी दिए । सृजनाको बिवाह पश्च्यात श्रीमानको निधन भएपछि उनि आमा बुवासंगे बस्दै आएकोले उनको बुवा आमालाई नै रकम प्रदान गरिएको ढकालले बताए । कम्पनीले सहयोग स्वरूप रकम प्रदान गरेकोमा सृजनाका बुवा प्रेम कुमार तामाङ्ग र आमा कृष्णमाया तामाङ्गले कम्पनीलाई धन्यवाद दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!