बैदेशिक रोजगार बिभागद्वारा चार्टर्ड ग्लोबल म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)

Posted on: 11 Feb, 2019

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको हो ।

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको हो । सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगरले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा  पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले  विभाग टोलिले सोमबार (आज) म्यानपावरमा छापा हानेको हो । 


आज विभाग टोलि र संचारकर्मी सहित म्यानपावर कम्पनीमा पुग्दा २/३ जना कर्मचारी बाहेको कोहि थिएन । सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले म्यानपावर सुनसान जस्तै देखेका थिए तर पछी थाहा भयो कि कामदारलाई कोठा भित्रै राखेर लक गरि रकम अशुली गरिएको थियो । भीत्र बाट पैसा बुझाउने कामदारले भीत्र रहेको सूचना दिएपछी १ लाख ३० हजार गन्दै गरेका म्यानपावरका एजेन्ट पैसा टेवलमै छाडेर उक्त कोठाबाट बाहिरिएका थिए । आफुहरुलाई भित्र थुनेर पैसा अशुली गरेको र अनुगमन टोली आएको थाहा पाएपछि पैसा लिएको छैन भन्ने बहाना बनाउन गन्दै गरेको पैसा टेवलमै छाडेर बाहिरिएको कामदारहरुले बताएका छन् । 

विभाग टोलि म्यानपावर कम्पनीमा पुगेको जानकारी पाए लगत्तै रकम लिंदै गरेका व्यक्ति पैसा लिएको छैन भन्दै बाहिर निस्केका थिए । १ लाख ५० हजार मागेको म्यानपावरले यसअघि एजेन्ट मार्फत २०/२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । 

म्यानपावर कम्पनीबाट डिमाण्डका पुर्व र अन्तिम फाइल, विभिन्न रसिद लगायत नगद १ लाख ३० हजार सहित सामाग्री विभागको अनुगमन टोलीले जफत गरेको छ । साथै रकम लिंदै गरेका कर्मचारी र म्यानपावर संचालकलाई बयानका लागि नियन्त्रणमा लिएर विभाग लगेको छ । विभागले आवश्यक अनुसन्धान गरि पीडितलाई सरकारले तोकेकै रकममा दुवई पठाउने र आवश्यक थप अनुसन्धान गर्ने जानकारी दिएको छ । 

भिडियो हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!