नेपाली कामदारलाई शून्य लागतमा लैजान युएई र ओमन सकारात्मक

Posted on: 05 Feb, 2019

माघ २२, काठमाडौँ । नेपाली कामदारलाई शून्य लागतमा रोजगारी दिन युएई र ओमन सकरात्मक देखिएका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिमण्डलसँगको भेटमा दुवै देशले शुन्य लागतमा कामदार लैजान सकारात्मक भएका हुन् । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले दुवै देशसँग पहिलो चरणमा छलफल गरेको थियो ।

छलफलमा दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभूति गर्नुपर्नेको प्रस्ताव गरेको थियो । यस्तै ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा विदा दिनुपर्ने माग राखिएको छ ।


महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिण्डिकेट हुन नहुने जस्ता शर्त श्रम समझदारीमै उल्लेख गर्नुपर्नेमा नेपाली पक्षले जोड दिएको छ ।

नेपालले उठाएका प्रायः सबै विषयमा ओमानी पक्षबाट सकारात्मक धारणा व्यक्त भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!