भोलीदेखि रेडियो र टिभीबाट पढाई सुरु हुने (तालिकासहित)

Posted on: 14 Jun, 2020

जेठ ३२, काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते (भोली) देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । 

भोलीदेखिनै टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ सुरु हुने रुटिन निकालिएको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुनेछ ।

सरकारले पठनपाठनको लागि तयार पारेको सामग्री घरमै बसेर सिक्ने सक्ने खालको बनाएको दावी गरेको छ ।

विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!