कोरोना प्रभाव :त्रिविद्वारा सबै परिक्षा स्थगित गर्ने निर्णय

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौं | कोरोनाभाइरसको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले पनि भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ | यसअघि बुधबार भने  उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि एक स्वायत संस्था भएकोले परिक्षा हुने बताइएका थिए |

कोरोनाभाइरस(कोभिड-१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय सम्वन्य समितिले बुधबार एसइई लगायतका सबै परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो | तर,त्रिवि उपकुलपतिको संयोजकत्वमा बिहिबार बसेको बैठकले भोलीबाट हुने भनिएका सबै परिक्षाहरु स्थगित गर्ने निणर्य गरेको हो |

शिक्षा मन्त्रालयले विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण चैत मसान्त सम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!