सरकारले गर्यो चैत मसान्तसम्म स्कुल/कलेज बन्द गर्ने निर्णय

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ | 

बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्कुल/कलेज बन्द गर्ने निर्णय गरेको हो |

भोलीबाट संचालन हुने एसइई परिक्षा भने नरोकिने बताइएको छ | समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गर्न समेत निर्देशन दिएको छ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाबभाइरसको संक्रम बढ्ने जोखिमले सरकारले उक्त निर्णय गरेको हो | 

हात डिसेम्बरमा चिनको वुहाबाट सुरुभएको कोरोनाभाइरस  हाल विश्वका १ सय ६६ भन्दा बढी देशहरुमा फैलिएको छ भने झन्डै ८ हजार मानिसको मृत्यु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!