नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ | देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ  | 

शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ | यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!