रौतहटबाट २ जना नक्कली परीक्षार्थी पक्राउ

Posted on: 11 Aug, 2019

साउन २६, वीरगञ्ज | वीरगञ्जस्थित जारी सिटिइभिटीको  सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशलप्रसाद साहलाई नक्कली परीक्षार्थीको रुपमा प्रहरीले पक्राउ गरेको हो ।

साउन २५ गते विहान पर्साको वीरगञ्ज महानगरपालिका वडा  १५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय वीरगंजले जनाएको छ ।

पक्राउ दुुबैजना नक्कली परिक्षार्थी उपर शिक्षा ऐन अन्तरगतको मुद्धा चलाइने प्रहरीले जनाएको छ । शिक्षा ऐन अन्तर्गतको मुद्धामा कसुर ठहर भएमा ६ महिना कैद र एकलाख रुपैयाँ सम्म जरिवाना अथवा घटनाको प्रकृती हेरेर दुुबै सजाय हुन सक्ने कानुुनी ब्यवस्था रहेको कानुुन व्यवशायी सुुरेश तिवारीले जानकारी दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!