सर्लाही घटनालाई लिएर काँग्रेस र राजपाको नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौँ  | सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी ९राजपा० ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले  बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको थियो ।

बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै  नाराबाजी जारी रहेकाले बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने  जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!