बिद्यालयमै निर्माण गरेर सेनेटरी प्याड वितरण गर्ने पहिलो सामुदायिक बिद्यालय

Posted on: 14 Jun, 2019

 कृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले  किशोरीहरुलाई  निशुल्क सेनेटरी  प्याड वितरण गरेको  छ । पाटन नगरपालिका ९ अन्तगतको  ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी  प्याड वितरण गरेको  हो ।  

विद्यालयमा अध्यनरत् छात्राहरुलाई  निशुल्क प्याड  वितरण गरेको  विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले जानकारी दिनुभयो । महिनावारी भएको बेला पनि किशोरीहरुले बिद्यालय आउन बन्चित नहुन भन्ने उदेश्यले बिद्यालयमै निर्माण गरीएको सेनेटरी प्याड बितरण गरेको उहाले बताउनुभयो । 

महिनावारी भएका बेला ४ दिन सम्म बिद्यालयमा अध्यानरत किशोरीहरु बिद्यालय नआउने परम्परालाई अन्त्य गर्न विद्यालयमा नै उत्पादन गरेर प्याड वितरण गरिएको छ । प्रधानाध्यापक भट्टका अनुसार  १ सय  ३५ जना छात्राहरुलाई ४ -४ वटा गरी ४ सय ५० सेनेटरि प्याड निशुल्क वितरण गरिएको छ । विद्यालयको आफनै लगानिमा सेनेटरि प्याड निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताउनुभयो । 

विद्यालयमा  किशोरीहरुको  नियमित बिद्यालय उपस्थितिमा वृदी गरी शैक्षीक गुणस्तरलाई सुधार गर्न समेत  यस कार्यक्रमले सघाउ पु¥याउने भएकाले किशोरीहरुबाट प्याड निर्माण गर्न लगाइएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महारले बताउनुभयो । विद्यालयले प्रशिक्षकको व्यवस्था गरेर छात्राहरुलाइ सेनेटरिप्याड बनाउन सिकाएको थियो ।  

सरकारले  अगामि आर्थिक वर्ष बाट सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरण गर्ने घोषणा गरेको भएपनि  ज्ञानेश्वर माविलेआफ्नै  लगानिमा विद्यालय स्तरबाट निशुल्क प्याड वितरण गरेको छ |उक्त बिद्यालय  किशोरी लाई सेनेटरि प्याड निशुल्क वितरण गर्ने  पहिलो  सामुदायिक विद्यालय बनेको  छ ।

यसरी विद्यालयमै उत्पादन गराएर छात्राहरुलाइ  निशुल्क प्याड वितरण गर्ने जिल्लाकै नभएर देशकै पहिलो सामुदायिक बिद्यालय रहेको दाबि गरीएको छ । ज्ञोनेश्वर माध्यमिक बिद्यालय पछिल्लो समय शैक्षीक तथा भौतिक क्षेत्रमा नमुनाको  रुपमा रुपान्तरण भइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!