विश्वविद्यालयविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

Posted on: 07 Jun, 2019


जेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । 

सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ । 

सम्मेलनबाट आएका सुझावलाई  त्रिविको नीति निर्माणमा समावेश गरी कार्यान्वयनमा गरिने सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइँयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डिल्लीराम उप्रेतीले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्रिविको शैक्षिकस्तर माथि उकासिने र विश्वसामु यसको शैक्षिक उन्ननयनबारे थप जानकारी हुनेछ ।” 

विश्व व्यापार संगठनका कारण विश्वविद्यालय शिक्षाको थप अन्तर्राष्ट्रियकरण हुँदै गएको छ । विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान  खोजले आर्थिक समृद्धि प्राप्त गर्न र विश्वविद्यालयलाई विश्वस्तरमा उच्च स्थानमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 त्रिभुवन विश्वविद्यालयले २० वर्षदेखि विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । हालसम्म १६० विदेशी विश्वविद्यालय ÷शैक्षिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी अनुसन्धान, शैक्षिक कार्यक्रम आदान प्रदान समेत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २६ गते सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!