कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयमा अबदेखि कानुनको पढाई हुने

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौं । कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरेको छ । 


विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए  । उक्त कार्यक्रमका बोल्दै  त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता रहेको बताए । युनिग्लोबले कानुन विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी लागेको छ उनले भने "यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तत्पर छु ।''


यस बिषयमा तपाइको प्रतिक्रिया...!