बेलायतद्वारा ९० हजार नेपालीलाई 'रोजगारीका लागि सीपमूलक कार्यक्रम' संचालन गर्ने

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौं। बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ । बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी दिएको हो ।

४ वर्ष भित्र ९० हजार बढि विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी सो कार्यक्रम संचालन गरिएको कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिए । कार्यक्रम प्रदेश दुईको धनुषा जिल्ला र प्रदेश ५ को वुटवल–भैरहवामा केन्द्रित हुनेछ । सबैभन्दा बढि विदेशिएका धनुषा जिल्ला नागरिकलाई त्यहीँ रोजगारीको अवसर सृजना हुने गरी र उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा सो कार्यक्रम केन्द्रित गरिएको पनि कार्यक्रमका उपप्रमुख केसीले बताए । 

विपन्न वर्ग भित्र पनि महिला र शारिरीक रुपमा अशक्त रहेकाहरुलाई पहिलो प्राथमिकता दिएर कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइने उपप्रमुख केसीले बताए ।

नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने सो कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डिएफआईडीले व्यहोर्ने छ भने बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!