खुर्पा प्रहार गरी श्रीमानको हत्या

Posted on: 06 Apr, 2019

चैत २३, बनेपा (रासस) | काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा आज श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । 

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । 

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!