उपभोग्य वस्तुमा कालोबजारी गरे ५ वर्ष कैद

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोंनाभाइरसको त्रास भएका बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ | 

शुक्रबार मन्त्री लेखराज भट्टको अध्यक्षतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले  उक्त निर्णय गरेको हो |

बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको छ | त्यस्तै  ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने समेत निर्णय गरेको बताइएको छ | कोरोनाभाइरसका कारणले  बजारमा दैनिक उपभोग्य समानहरुमा चर्को मूल्य बढेको छ |

मास्कदेखि ग्याससम्म कालोबजारी हुने गरेको सर्वसाधारणको गुनासो बढेपछि सरकारले उक्त निर्णय गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!