नेपाल एयरलाइन्सद्वारा भारत उडान स्थगित

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौं | राष्ट्रिय ध्वजाबाहक हवाई सेवा प्रदायक कम्पनी पाल एयरलाइन्सले भारतका सबै शहरको उडान स्थगित गरेको छ | आइतबार देखि लागु हुनेगरी नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको उडान स्थगित गरिने भएको हो |

भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ गतेसम्मका लागि स्थगित गरिएको एयरलाइन्सले जनाएको छ | 

यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय उडानलाई प्रवेश रोक लगाउने निर्णय गरेसंगै  सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय गरेको हो |

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ | यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो |

त्यस्तै नेपाल एयरलाइन्सले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि स्थगित गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!