भारतले आइतबारदेखि विदेशी उडानमा प्रतिबन्ध लगाउने

Posted on: 20 Mar, 2020

चैत ६, काठमाडौँ | विश्व व्यापी बनेको कोरोनाभाइरसका कारण भारतले आइतबारदेखि विदेशबाट आउँने सबै हवाई सेवा बन्द गर्ने भएको छ | एक हप्ताका लागि सरकारले विदेशी जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो |

उक्त निर्णयसँगै कम्तिमा मार्च २२ देखि सात दिनसम्म भारतमा भारतीय नागरिक वा विदेशी कोही पनि विदेशबाट हवाईमार्ग हुँदै आउन पाउने छैनन् | भारतमा बिहीबारसम्म झन्डै दुई सय मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भइसकेको छ | 

अनुसन्धानकर्ताका अनुसार आउने दिनहरुमा भारत कोरोना संक्रमणको गति हुने छ | नेपाल सरकारले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी बिदेशबाट आउने धेरै जसो हवाइजहाज प्रतिबन्ध लगाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!